शुभ कामना........................
नयाँ वर्षको आगमनले विद्यार्थीको मनमा नयाँ जोस भरोस्, यहि शुभ कामना छ मेरो
पढाइमा बाधक पार्ने सबै सत्रुहरु, झुकेर तिम्रै वसमा परोस्, यहि शुभकामना छ मेरो
नयाँ वर्षमा, नयाँ नयाँ पुस्ताको जोश र जागरको खाचो छ, राखेर मनमा
तिमीहरुको मन खेलकुदमा कम, पढाइ तिर वढी तरोस्, यहि शुभकामना छ मेरो
नयाँ वर्षको आगमनले विद्यार्थीको मनमा नयाँ जोस भरोस्, यहि शुभ कामना छ मेरो
वुद्धि र विवेक सबैमा हुन्छ वरावरी, हुन्छ केवल खाचो बढी मेहनत र अभ्यासको
पढाई भन्दा पर पर सर्ने तिम्रो मन, अव नजिक नजिक सरोस्, यहि शुभकामना छ मेरो
नयाँ वर्षको आगमनले विद्यार्थीको मनमा नयाँ जोस भरोस्, यहि शुभ कामना छ मेरो
माथिल्लो कक्षाका तिमीहरु, तल्ला कक्षमहरुका मार्ग निर्देशक वन अव
नराम्रा त्यागि राम्रा भाव फैलाओ, तिम्रो विचार तल्लामा झरोस्, यहि शुभकामना छ मेरो
नयाँ वर्षको आगमनले विद्यार्थीको मनमा नयाँ जोस भरोस्, यहि शुभ कामना छ मेरो
वाह ! भनी भनुन दुनियाले यदि छ, सोच ठुलो भने तिमीहरुको
चमत्कार गर यस्तो, जुन फरमुलाले अरु धेरै काम गरोस्, यहि शुभकामना छ मेरो
नयाँ वर्षको आगमनले विद्यार्थीको मनमा नयाँ जोस भरोस्, यहि शुभ कामना छ मेरो
सुन्दरमणि सुवेदी