Followers


गजल ३

                  म शिक्षक 

ढिंडो मन पर्यो, खानलाई रोजे, अरु माम नभएर होर

पढाउनलाई शिक्षक पेशा रोजे, अरु काम नभएर होर


जानेको ज्ञान वाढ्दै हिड्दा, आफैको ज्ञान बढ्छ, बुझी

यसै बाट एक दुई पैसा खाजे, अन्त दाम नभएर होर

पढाउनलाई शिक्षक पेशा रोजे, अरु काम नभएर होर


दिनु थियो पत्र आफ्नै भाग्यले कोरेकाे, कसैलाइ मैले

केवल तीन ठाउ मोडी दिए, दिनलाई खाम नभएर होर

पढाउनलाई शिक्षक पेशा रोजे, अरु काम नभएर होर


आफ्नो मात्र के कुरा गर्नु, हुर्नु छ अरुलाई पनि सम्झेर

दाजुको भाई हुँ भनी चिनाए, के आफ्नै नाम नभएर हाेर

पढाउनलाई शिक्षक पेशा रोजे, अरु काम नभएर होर


औषधी हुन्छ पिपल र बरको बोक्रा, यदि चुर्ण बनाए

छायाँमा सुकाई चुर्ण बनाए, के सुकाउन घाम नभएर होर

पढाउनलाई शिक्षक पेशा रोजे, अरु काम नभएर होर


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

About Me

My photo
Sundar Subedi
Devchuli-13, Daldale, Nawalpur, Gandaki, Nepal
नमस्कार, म सुन्दरमणि सुवेदी, देवचुली नगरपालिका वडा नं. १३ दलदले निवासी । वि.स. २०४४ साल श्रावण २३ गते शनिवारका दिन तत्कालिन नवलपरासी जिल्लाकाे देवदह गा.वि.स. सित्तलनगरमा जन्मिएकाे म, वि.सं. २०६६ सालमा आफूले रोजेको र मन पराएको शिक्षक पेशामा नि.मा.वि. राहत दरबन्दीबाट शिक्षक पेशामा होमिएको हु । उतार चढाव हुदै वि.सं. २०७४ असार २७ मा नि.मा.वि. तृतीय श्रेणीमा स्थायी भइ विभिन्न स्थानहरूवाट सरूवा हुदै हुदै हाल देवचुली-१५ को श्री पशुपति साङ्गवेद आवासीय संस्कृत मा.वि. मा मिति २०८० माघ ०२ गतेदेखि कार्यरत छु ।
View my complete profile

#buttons=(Ok, Go it!) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Ok, Go it!