Followers


गजल ४



 फरक वेला......

तिमीलाई एउटा, मलाई एउटा फरक वेला भो

तिम्रो मेरो मायाँ पिरीम, यहाँ दुई दिने खेला भो


तिमीसंगै जीवन जिउने कसम खाएथे, खै के भो

मेरो मायाँ अजम्वरी, तिम्रो मायाँ मलाई झेला भो

तिमीलाई एउटा, मलाई एउटा फरक वेला भो


कस्तो थिए म कस्तो बनाई छाड्यौ आज

मलाई हेरी दुनियाँ रमाउने, जीवन मेरो मेला भो

तिमीलाई एउटा, मलाई एउटा फरक वेला भो


मर्न पनि सकिन खै, जिई केहि गर्न सकिएन्

चाहे मर्न हजार फेर, मृत्यु पनि कल्ले देला भो

तिमीलाई एउटा, मलाई एउटा फरक वेला भो


आखिर ज्यानले मुक्ति पायो, छाडी गए पापी संसार

तिम्रो घरमा जन्ती भरी, मेरो घरमा मलामीको भेला भो

तिमीलाई एउटा, मलाई एउटा फरक वेला भो

                                         SMS पृथक

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

About Me

My photo
Sundar Subedi
Devchuli-13, Daldale, Nawalpur, Gandaki, Nepal
नमस्कार, म सुन्दरमणि सुवेदी, देवचुली नगरपालिका वडा नं. १३ दलदले निवासी । वि.स. २०४४ साल श्रावण २३ गते शनिवारका दिन तत्कालिन नवलपरासी जिल्लाकाे देवदह गा.वि.स. सित्तलनगरमा जन्मिएकाे म, वि.सं. २०६६ सालमा आफूले रोजेको र मन पराएको शिक्षक पेशामा नि.मा.वि. राहत दरबन्दीबाट शिक्षक पेशामा होमिएको हु । उतार चढाव हुदै वि.सं. २०७४ असार २७ मा नि.मा.वि. तृतीय श्रेणीमा स्थायी भइ विभिन्न स्थानहरूवाट सरूवा हुदै हुदै हाल देवचुली-१५ को श्री पशुपति साङ्गवेद आवासीय संस्कृत मा.वि. मा मिति २०८० माघ ०२ गतेदेखि कार्यरत छु ।
View my complete profile

#buttons=(Ok, Go it!) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Ok, Go it!