सोच त एक फेर........
विदेश जाने सोच नवनाऊ साथी, गरे काम स्वदेशमै जत्ति छ
जन्मेको भार तिर्नु छ यहि, खोजे जति दाम स्वदेशमै जत्ति छ ।
मुग्लान पसी दामसंगै नाम कमाउने सोच तिम्रो भएमा पनि के
हितकारी काम, निस्वार्थ सेवा गरे देखि नाम स्वदेशमै जत्ति छ
विदेश जाने सोच नवनाऊ साथी, गरे काम स्वदेशमै जत्ति छ।।
पिज्जा र बर्गर साथ पाउरोटीको बिचमा बटर लगाउने धोको भए
पाउरोटीको बिचमा लगाउने गुराँसको जाम स्वदेशमै जत्ति छ
विदेश जाने सोच नवनाऊ साथी, गरे काम स्वदेशमै जत्ति छ।।।
कि देख्छौ सपना डिस्कोको यहाँ, जुन तिम्रो औकातले पुग्दैन
झिलीमिली तारा, न्याउली र कोईलीको साम स्वदेशमै जत्ति छ
विदेश जाने सोच नवनाऊ साथी, गरे काम स्वदेशमै जत्ति छ।।।।
असिना पसिना बनाई शरीरलाई काम गर्ने धोको भए, विदेश किन
गर काम बगाउ पसिना,पसिना बगाउने घाम स्वदेशमै जत्ति छ
विदेश जाने सोच नवनाऊ साथी, गरे काम स्वदेशमै जत्ति छ।।।।।