तोरी बारी र म ।
जिन्दगी एउटा आफैमा सिकाउने गुरु रहेछ। जीवन यात्राको क्रममा कहाँबाट के सिकिन्छ ? को गुरु हुन्छ ? आफ्नो कृतिमा लेख्ने गर्दछन्, जिन्दगीको सुरुवात कोर्काेबाट सुरु भएर चितामा गएर अन्त हुन्छ सिकाइ पनि आखिर कोर्कोबाट नै सुरु भएर चितामा गएर अन्त्य हुँदो रहेछ। बदलिदो समय सँगसँगै आफूलाई पनि बदल्न सकिएन भने सिकाई व्यर्थ हुँदो रहेछ। शिक्षक पेशामा अङ्गालेएर आउँदा अब हामी पनि समय सापेक्ष बदलिएनौं भन्ने कुरा कसैले यकिनका साथ भन्न नसकिने रहेछ। बाटोमा हिँड्दै गर्दा ठेस लाग्ने ढुंगादेखि थकाई मार्ने चौतारीसम्मबाट अनेक कुरा सिक्न सकिँदो रहेछ। सिकाई सिक्नको लागि तालिम वा शिक्षा नै हुनु आवश्यक रहेनछ। खोज्दै जाने हो भने ढुंगामा पनि देवता भेटिन्छ भने भनेझैँ सिकाई सधैँ सिकाइ हुँदोरहेछ। पूर्णता कहिले पनि नहुँदो रहेछ। साहित्यकारहरुले भने हामीलाई पनि गाह्रो पर्छ । सूचना र प्रविधिले फड्को मारेको यो परिवेशमा हामी पनि सूचना र प्रविधिसँगै परिवर्तन भएनौ भने हामी ढुङ्गे युगमा नै रहनेछाै । खन्जोत गरेर सिँगारिएको खेतमा जसरी बिउहरू फालेर बिस्तारै आकुराहरु पलाउँदै त्यहाँबाट बिरुवाको रुप लिएर बिस्तारै फूल फुलेर जसरी वातावरणलाई रङ्गीन र सुगन्धित बनाउँछन् हामीशिक्षाको क्षेत्रमा प्रविधिलाई प्रयोग गरेर त्यसरी नै फुलाउन सकियो भने पक्कै पनि हामीले निर्माण गर्न खोजेएको समाजलाई समयअनुसार बदल्न सक्दछौँ। सिक्ने र सिकाउने क्रममा पहिलोपटक मैले पनि प्रविधिमा जोडिनको लागि यो ब्लग निर्माण गरेर यो ब्लगमा कस्ता सामग्रीहरू राख्ने त भन्ने कुराको खोजी गरिरहेको छु। त्यसैले सुरुवातमा यो तस्बिरलाई जसरी फुल जस्तै मगमगाएको बारीको वास्ना देउटा नयाँ ऊर्जा दिएको छ। त्यस्तैगरी प्रविधिमा पनि ऊर्जा दिनेछ भन्ने आशा लिएको छु ।