म शिक्षक |
नीतिको नियम जे लेख्यो त्यहि, त्यो टारेर टर्छर
टिपियो फूल मन पर्याे आँहा ! फेरी त्यो सारेर सर्छर
सहिदलाई हेर, बैज्ञानिक बुझ के बुझ्छौ साथी हो
शव्दमा अमर भएको मानिस त्यो मारेर मर्छर
नीतिको नियम जे लेख्यो त्यहि, त्यो टारेर टर्छर
भाग्य त केवल भनाई हो साथी, कोर्नु छ आफैले
सबै थोक सुःख भोग गर्छु भनी त्यो पारेर पर्छर
नीतिको नियम जे लेख्यो त्यहि, त्यो टारेर टर्छर
देख्दछौ आकाश, तारा र जून, जुन छैन कैं पनि
भन्नेले भन्छन् झार्छु म तारा त्यो कहाँ झारेर झर्छर
नीतिको नियम जे लेख्यो त्यहि, त्यो टारेर टर्छर
अटल वन शिखर झैं सधैं, पाउदैनौ दोष कहि, कत्ति
नम्वरी सुन झैं बेदाग वन जुन खारेर खर्छर
नीतिको नियम जे लेख्यो त्यहि, त्यो टारेर टर्छर